coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

थप ८ सय ८४ जनामा कोरोना पुष्टि, २४ घण्टामा १२ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार शनिवार ८ सय ८४ जना संक्रमित थपिएका हुन्।

देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २ सय ४२ महिला र ६ सय ५२ पुरुषमा संक्रमण पुष्टि भएको हो। काठमाडौं उपत्यकामा थप १ सय ८६ जनामा कोरोना पुष्टि भएको छ। 

हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४०  पुगेको छ।जसमध्ये २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेका छन्। 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। मृत्यु भएकामा ९ जना पुरुष र ३ जना महिला रहेको  प्रवक्ता गौतमले बताए। ज्यान गुमाउनेमा उपत्याका मात्रै ६ जना छन्। त्यस्तै पर्सामा दुई जना र सिराहा, पाल्पा, गोर्खा, कास्कीमा पनि एक एक जनाको मृत्यु भएको छ। याे सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ।

प्रकाशित: १३ भाद्र २०७७ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App