coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बैतडीमा जबरजस्ती करणीका घटना बढदै

बैतडीमा जबरजस्ती करणी र महिला हिंसाका घटना बढेका छन्। अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष २०७६/०७७ मा जबरजस्ती करणी र महिला हिंसाका घटना बढेका हुन्।

 गत वर्ष जबरजस्ती करणीका ९ वटा मुद्दा, जबरजस्ती करणी उद्योगका २ र बहुविवाहका ३ गरि १४ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ८ वटा जबरजस्ती करणी र ४ वटा जबरजस्ती करणी उद्योग गरि १२ वटा मुद्दा मात्र दर्ता भएका थिए। अघिल्लो वर्षको तुलतामा गत आर्थिक वर्षमा २ वटा घटना बढेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक किसन चन्दले बताए।

सामाजिक सञ्जालको दुरुपयोग, मदिरा सेवन जस्ता विकृतिले बैतडीमा महिला हिंसा र बलात्कारका घटना वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ। अधिकांश अपराधिक क्रियाकलाप यस्तै विकृतिले श्रृृजना गरेको प्रहरी बताउँछन्। महिला र बालबालिका असुरक्षित बन्न थालेपछि प्रहरीले गाउँगाउँमा वस्ती भेटघाट बढाउन खोजे पनि पछिल्लो सयम कोरोना भाइरसका समस्या भएको छ।

प्रकाशित: १३ भाद्र २०७७ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App