२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश २ मा एकैदिन थपिए २४६ संक्रमित

प्रदेश २ मा बुधबार एकैदिन २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशमा संक्रमितको संख्या ९ हजार ४ सय २७ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार पर्सामा ५४ जना संक्रमित थपिएका छन्।

 यससँगै पर्सामा संक्रमितको संख्या २ हजार ५७ पुगेको छ ।  बारामा ५३ जना संक्रमित थपिएसँगै कूल संख्या ७ सय ७६ पुगेको छ । रौतहटमा १३ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ६ सय ३ पुगेको छ । सर्लाहीमा ७१ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ३ सय ५१ पुगेको छ । महोत्तरीमा २० जना थपिएसँगै संक्रमितको संख्या १ हजार १ सय ५५ पुगेको छ । धनुषामा ३३ जना संक्रमित थपिएसँगै कूल संख्या १ हजार ३ सय ४२ पुगेको छ । सिरहामा २ जना थपिएसँगै संक्रमितको संख्या ३ सय ९० पुगेको छ । 

सप्तरीमा नयाँ सक्रमित थपिएको छैन् । यस जिल्लामा कूल संक्रमितको संख्या ७ सय ४७ छ । यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय २४ पुगेको छ ।बुधबार यस प्रदेशबाट १ सय २८ जना निको भएर फर्किएका छन । निको भएर घर फर्किको कूल संख्या ४ हजार ४ सय ३९ पुगेको छ । मृतकको संख्या ६४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १० भाद्र २०७७ १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App