१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चितवनमा पाँच वर्षिया बालिकासहित थप १२ जनामा कोरोना पुष्टि

चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार परिक्षण भएका नमुना मध्ये १२ जनाको पोजेटिभ नजिता आएको अस्पतालले जनाएको छ। संक्रमित मध्ये ७ जना महिला र ५ जना पुरुष छन्।  

संक्रमितहरु सबै भरतपुर महानगरपालिकाका हुन्। महानगरपालिकाका वडा नं. ७, ९, १०, ११ र १२ का हुन्। संक्रमित देखिएकाहरु ५, १३, २५, ५५, ५१, २५ र ५३ वर्षीय महिला र १९, ३५, ३९, ४१ र ४२ वर्षीय पुरुष रहेको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाका प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन्।

यो विवरण आइतबार राति १० बजेसम्मको रहेको प्रयोगशालाले जनाएको छ। भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा आइतबार २०९ नमुना परीक्षण गरिएको थियो। जसमा एक सय ९७ नमुना नेगेटिभ आएको छ। 

प्रकाशित: ८ भाद्र २०७७ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App