१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शनिबारदेखि साेमबारसम्म यस्तो छ वर्षाको सम्भावना

वर्षाकाे प्रतिकात्मक तस्बिर

आजदेखि तीन दिन (शनिबारदेखि सोमबारसम्म) देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा विभिन्न प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार आज शनिबार दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै राति पनि केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

आइतबार

आइतबार दिउँसो देशका  केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।  

साथै सो दिन राति पनि देशभर सामान्यतया बदली रही  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा र प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

सोमबार

सोमबार दिउँसो पनि देशभर आंशिकदेखि सामान्यतया बदली रही  केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी भने वर्षाको  समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

यस्तै सो दिन राती पनि केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले शनिबार बिहान जारी गरेको ३ दिनसम्मको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

२४ घण्टे चेतावनी  

शनिबार बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।  

जसमा भनिएको छ– प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

प्रकाशित: ६ भाद्र २०७७ ०७:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App