७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश २ मा थपिए १ सय ८० संक्रमित, एकको मृत्यु

संक्रमितको संख्या ८ हजार ६३ पग्यो

प्रदेश २ मा बिहिबार १ सय ८० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै यस प्रदेशमा संक्रमितको संख्या ८ हजार ६३ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार बिहिबार सबैभन्दा बढी पर्सामा ५२ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ हजार ६ सय ९१ पुगेको छ । बारामा ७ जना थपिएसँगै कूल संक्रमित ५ सय २५ जना पुगेको छ । रौतहटमा ६ जना थपिएसँगै कूल संक्रमितको संख्या १ हजार ५ सय १२ पुगेको छ । सर्लाहीमा २४ जना थपिएसँगै कूल संक्रमित १ हजार ८० पुगेको छ । महोत्तरीमा १८ जना थपिएसँगै कूल संक्रमित १ हजार ६३ पुगेको छ । धनुषामा २९ जना थपिएसँगै कूल संक्रमित १ हजार १ सय ८१ पुगेको छ । सिरहामा २५ जना थपिएसँगै संक्रमितको संख्या ३ सय ५ पुगेको छ । सप्तरीमा १९ जना थपिएसँगै संक्रमितको संख्या ७ सय १ पुगेको छ ।

 

प्रकाशित: ४ भाद्र २०७७ १५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App