१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सुरक्षा प्रमुखहरूद्वारा नदी कटानको निरीक्षण

रौतहटमा बाढी, डुबान र कटानको समस्या निम्त्याउने मुख्य नदीहरू बागमती र बकैयाको संयुक्त निरीक्षण गरिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा सुरक्षा प्रमुखहरूले बागमती र बकैया नदीको निरीक्षण गरेका हुन् ।

पछिल्लो समयमा बागमती नदीले विभिन्न स्थानमा कटान गरिरहेको क्षेत्रमा कटानस्थलमै पुगेर समस्या बुझ्ने काम सुरक्षा प्रमुखहरूका साथै नदी नियन्त्रण कार्यालय प्रमुखले गरेका छन् ।  

टोलीले राजदेवी नगरपालिकाको ब्रम्हपुरी, बसतपुर, दुर्गा भगवती गाउँपालिकाको बडहर्वा, मत्सरी, गंगापिपरा, माधवनारायण नगरपालिकाको पिपरा रजवाडामा बागमती नदीले स्परलाई क्षति पुर्याएर बाँध कटान गरी ठूलो क्षति पुर्याएको र अहिले पनि अवस्था जोखिमपूर्ण रहेको स्थलगत निरीक्षणको क्रममा देखिएको छ । नदीले कटान गरेर समस्या बढाएको देखिएकोले तत्काल नियन्त्रण गर्न प्राविधिकहरूलाई प्रजिअ यादवले निर्देशन दिएका छन् ।

निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी यादव, प्रहरी उपरिक्षक रबीराज खड्का, सशस्त्र प्रहरी उपरिक्षक सुर्यबहादुर सेन ओली, राष्ट्रिय अनुसन्धानको एसपी अभिनय सिंह, वागमती लाल बकैया नदी नियन्त्रण कार्यालयको प्रमुख राजकुमार श्रीवास्तव सहित प्राविधिकहरूको सहभागिता रहेको थियो ।  

निरीक्षणकै क्रममा वागमती तथा लाल बकैया नदी नियन्त्रण कार्यालयको प्रमुख श्रीवास्तवलाई प्रजिअ यादवले वागमती नदीले बर्षेनी बाँध कटान र त्यसबाट हुने सम्भावित खतराबाट त्रसित बनेका स्थानीय बासिन्दाहरूको चिन्तालाई समाप्त पार्ने दिशामा काम हुनु पर्ने निर्देशन दिएका छन् । नदीको वहावलाई वास्तविक अवस्थाको पहिचान र तत्काल नियन्त्रण गर्नुपर्ने कार्य अनिवार्य रुपमा गरेर असोज पछि दिर्घकालिन रुपमा स्परलाई मर्मत गरेर बाँध कटानको समस्यालाई समाधान गर्नपर्नेमा नदी नियन्त्रण कार्यालयको ध्यान जानुपर्ने प्रजिअ यादवले बताएका छन् ।

‘वर्षा र बाढीको समयमा आपतकालिन काम मात्रै गर्ने हिउद याममा सुतर बस्ने काम अब हुदैन, पहिला जे भयो अब जनताको जिवन रक्षाको साथै राज्यको अर्बौ लगानी भएको संरचनालाई सुरक्षित राख्ने कार्य सम्बन्धित कार्यालयको रहेको हुँदा गुणस्तरिय रुपमा एक पटक मर्मत भएमा आउदो १० बर्ष सम्म केही गर्नु नपर्ने देखिन्छ” निर्देशनको क्रममा प्रजिअ यादवले बताए ।  

‘हिउद याममा बाँधलाई मर्मत गर्नुको साथै स्परको लन्चींगलाई व्यवस्थित बनाएमा १५/२० बर्ष सम्म केही गर्नु पर्दैन तर त्यसो नभएको कारण नै बर्षेणी बाढी र कटानको समस्या रौतहटका जनताहरू झेल्नु परेको छ’, ‘उक्त समस्याहरूलाई पहिचान गरेर समाधान गर्नमा आवश्यक पर्ने प्रशासनीक सहयोग गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको समेत प्रजिअ यादवले प्रष्ट परे ।’

रौतहट जिल्लामा बाढी, डुबान र कटानको समस्या समाधान हुनुपर्ने स्थानीयको माग रहेको छ ।

प्रकाशित: १ भाद्र २०७७ १४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App