१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आज रातिदेखि भारी वर्षा हुने सम्भावना, बाढीपहिरोको जोखिम कस्तो छ ?

आज सोमबार पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।  

तर राति भने वर्षा अलि बढ्ने अनुमान महाशाखाले गरेको छ ।  महाशाखाका अनुसार राति देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

साथै गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  र प्रदेश नं १ तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाले सोमबार बिहान ६ जबे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– 

देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  र प्रदेश नं १ तथा बागमती प्रदेशका एक-दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

विस्तृत जानकारी तलकाे सूचनामा-

बाढीकाे सम्भावना यस्ताे छ

प्रकाशित: १ भाद्र २०७७ ०८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App