९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

तनहुँका स्थानीय तहद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

तनहुँका विभिन्न पालिकामा समुदायस्तरमा कोभिड–१९ संक्रमण फैलिएपछि जिल्लाका स्थानीय तहले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएका छन्।  

एक सातादेखि समुदायस्तरमा कोरोना फैलिएपछि तनहुँको व्यास नगरपालिकाले सोमबारदेखि अत्यावश्यक सेवा बाहेका अन्य सेवा बन्द गर्ने भएको छ। समदुायस्तरका व्यक्तिमा कोभिड जोखिम बढेको भन्दै स्थानीय तहहरुले धमाधम अत्यावश्यक बाहेकका सेवा बन्द गरेका हुन्। भने केही स्थानिय तहले सेवा बन्द गर्ने निर्णय गरेका छन् ।  

जिल्लाका सदरमुकाममा रहेको व्यास नगरपालिकाले कोरोनाको जोखिम बढेको भन्दै भदौँ १ गते दिउँसो १२ बजेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए। ‘कोरोनाको जोखिम बढेको कारण सरोकारवालाहरुसंगको छलफलपछि एक साताको लागि नगरपालिकाको सेवा बन्द गर्ने निर्णयमा पुगेका हौँ,’ उनले भने। नगरपालिकाले नगरपालिका क्षेत्रका औषधिजन्य व्यापार तथा निजी स्वास्थ्य संस्थहरु बाहेकका अन्य सम्पुर्ण व्यापार, उद्योग, सवारीसाधन लगायतका सेवा बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै नगरपालिका अन्र्तगतका बैकहरुको एटिएम सेवा बाहेकका सेवा भदौँ २ गतेदेखि ७ गतेसम्म बन्द रहने नगरपालिकाद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

कोरोनाको जोखिमलाई मध्यनजर गरेर जिल्लाको आँबुखैरेनी गाउँपालिकाले समेत एक हप्ताको लागि अत्यावश्यक सेवा बाहेकको सेवा बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाले भदौ १ गतेबाट ७ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको गाउँपलिकाका अध्यक्ष गीरबहादुर थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ। साथै विभिन्न राजनीतिक दल, कर्मचारी शिक्षक वुद्धिजीवि वर्गहरुलाई कोरोना संक्रमण विरुद्धको सचेतना जगाउन आग्रह गरिएको छ।

भानु नगरपालिकाले यसअघि साउन २७ गतेदेखि भदौ २ गतेसम्मको लागि अत्यावश्यक बाहेका सेवा बन्द गरेको छ। त्यस्तै बन्दीपुर गाउँपालिकाले पनि जोखिम रहेको स्थान सिल गरेको छ। जिल्लाको देवघाट गाउँपालिकाले पनि कोरोना देखिएको भन्दै गाउँपालिकाको ५ नम्बर वडा गत शुक्राबारबाट सिल गरेको छ।

प्रकाशित: ३२ श्रावण २०७७ १४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App