८ वैशाख २०८१ शनिबार
समाज

आइतबार सामान्य, सोमबार रातिदेखि ठूलो वर्षाको सम्भावना

आज आइतबार देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

दिउँसो (दिनमा) देशभर  आंशिकदेखि समान्यसम्म मौसम बदली रही  केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति पनि केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

आइतबार बिहान ६ बजे महाशाहखाले जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ– देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ ।

यस्तै सोमबार दिउँसो देशका केही स्थानमा स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति भने देशका धेरै स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश ३, गण्डकी प्रदेश,  सुदूरपश्चिम प्रदेश,  प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले आइतबार बिहान जारी गरेकाे तीन दिनसम्मकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। 

बुलेटिनअनुसार मंगलबार दिउँसो देशभर  सामान्यतया बदली रही  केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति भने धेरै स्थानमा  हल्कादेखि मध्यम साथै गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश,  प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

बाढीको जोखिम  

जल तथा माैसम विज्ञान विभागले आइतबार मध्याह्न १२ बजे जारी गरेको सूचनाअनुासर महाकाली नदी, डडेलधुरास्थित पारिगाउँँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको छ भने बढ्दो क्रममा रहेकाले डडेलधुरा र कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भभइरहने होचा स्थानमा रहनेहरूले बेलुकासम्मै सतर्कता अपनाउन आवश्यक छ।  

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाब घटबढ हुने र सतर्कता तहभन्दा केही मात्र तल हुने सम्भावना छ ।  

यस्तै कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबईलगायत नदीमा पनि बहाब सामान्य घटबढ हुने तथा  सतर्कता भन्दा तलै हुने अनुमान छ । 

आगामी तीन दिनसम्मको बाढी सम्भावना तलको सूचनामा-

प्रकाशित: ३२ श्रावण २०७७ ०७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App