२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ र सिरहा १—१ र बारामा २ जनाको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा ९ जना, प्रदेश नम्बर २ मा ४२ जना र बागमती प्रदेशमा १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यस्तै  गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जनागरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। जसमा पुरुष ७७ र महिलाको संख्या २२ रहेको छ।

शुक्रबार भएका ११ हजार ५ सय ७५ पीसीआर परीक्षणमा ५ सय ९४ जनामा संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ रहेको छ। आजसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन्। आज आइसोलेसनमा ७ सय ९ सय १३ जना संक्रमित उपचाररत रहेका छन्। क्वारेन्टिनमा १४ हजार ६ सय ३८ जना रहेका छन्।  

 

 

प्रकाशित: ३० श्रावण २०७७ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App