२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

२८ दिनमा ३३ जनाको ज्यान गयो

कोरोना भाइरसका कारण गत चैत महिनादेखि सडकमा सवारीको चाप निकै कम छ। तर, सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या भने अत्यधिक देखिएको छ। मंगलबार मात्रै पाल्पाको निस्दी गाउँपालिका–५, गल्धामा जीप दुर्घटना दुईजनाकोे मृत्यु भएको छ। 

लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा निस्दी गाउँपालिका–५, गावुडाँडाका ६३ वर्षीय ठाकुरप्रसाद फाल र तीन महिने नवजात शिशु सिमोन कालुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उक्त घटनामा ६ जना घाइते भएका छन्। केही दिनअघि रूपन्देहीको रोहिणीमा गाउँपालिकामा पर्ने हुलाकी सडकमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। अहिले प्रदेश ५ का १२ जिल्लामा सवारी दुर्घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ। कोरोना महामारीमा सवारी साधन कम भएपनि दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या भने बढी देखिएको छ। पछिल्लो २८ दिनमा मात्रै सवारी दुर्घटनामा परी ३३ जनाले ज्यान गुमाएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल परेका छन्। १२ जिल्लामा २८ दिनको अवधिमा भएको दुर्घटनामा परि ८७ जना गम्भीर घाइते र ३१ जना सामान्य घाइते भएका छन्।

दुर्घटनामा परेर रूपन्देहीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। यहाँ १३ जना, प्युठानमा ७, दाङमा ५, पाल्पा र नवलरासीमा २÷२ जनाको मृत्यु भएको ट्राफिक प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। यसै कपिलवस्तु, दाङ, बाँके र बर्दियामा भने एक÷एक जनाको मृत्यु भएको छ। कोरोनाले सडकमा सवारी साधनको चाप कम भएपनि दुर्घटनाको दर भने वृद्धि भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डम्बरबहादुर विश्वकर्माले बताए। उनले सडक खाली हुँदा तिव्र गतिमा सवारी चलाएकै कारण दुर्घटनाबाट मृत्यु हुनेको संख्या धेरै भएको बताए। साउन महिनाको अहिलेसम्म ८५ वटा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०७७ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App