१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

सल्यानबाट यही साउन १७ गते जुगल आएका जुगल–५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ। शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित वडा नं ५ कार्यालयसमेत बन्द गरिएको हो। वडा नं ५ मा नै गाउँपालिका कार्यालय रहेकाले गाउँपालिका कार्यालय पनि बन्द गरिएको हो।

आगामी भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन र भदौ १५ देखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णयअनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन्। उनीहरुले सल्यानबाट आउँदा काठमाडौँको थानकोटमा पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए। त्यसपछि उनीहरु सिन्धुपाल्चोक आएको जुगल–५ का वडाध्यक्ष सनत अधिकारीले बताए। उनीहरुले धेरै मानिससँग भेटघाट गरेको पाइएको जनाइएको छ।

हाल दुई शिक्षकमध्ये एक जना टेकु प्रयोगशाला र अर्का जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन्। अब केही दिनमा नै कन्ट्याक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिए।

प्रकाशित: २५ श्रावण २०७७ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App