१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वीरगन्जमा एकैदिन थपिए एक सय ३३ संक्रमित

वीरगन्जमा कोरोना संक्रमण बिस्फोटक किसिमले वृद्धी भइरहेको छ । बुधबार मात्र यहाँ थप एक सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । समुदायस्तरमा बिभिन्न ठाउँमा गरिएको स्वाब संकलनको बुधबार वीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालाको रिपोर्टमा एक सय ३३ जनामा संक्रमणको पुष्टि भएको हो ।

संक्रमित हुने एक सय ३२ मध्ये १७ जना बारा जिल्लाका हुन् । बाँकी पर्सा जिल्लाका बासिन्दा वा बिभिन्न पेसा र ब्यवसायका कारण यहाँ बसोबास गर्दै आएका ब्यक्ति हुन् । बाराका संक्रमितहरुको स्वाब सिमरा क्वारेन्टिनबाट संकलन गरेर वीरगन्ज परीक्षणको लागि आएको थियो । संक्रमितहरुमा ५ वर्षको बालकदेखि ७४ वर्षका वृद्धसम्म रहेका अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले यसको जानकारी दिए । 

पछिल्लो पटक गरिएको स्वाब संकलनको परीक्षण रिपोर्टमा वीरगन्ज महानगरपालिकाका वडाध्यक्षहरु, अधिकृत तथा कर्मचारीहरु, नगरप्रमुखका परिवारका सदस्य, वीरगन्ज कारागारका कैदीबन्दी, संक्रमितहरुको कन्टेक्ट ट्रेसिङ्गमा परेकाहरु, लक्षण देखिएपछि अस्पताल भर्ना रहेका ब्यक्ति र एक जना मृत्यु भइसकेकी १८ वर्षे युवती रहेका छन् ।

साउन सुरु भएयता वीरगन्जमा संक्रमितहरुको संख्या लागातार बढिरहेको छ । ११ दिनदेखि यहाँ निषेधाज्ञा जारी गरी समुदायमा देखिएको कोरोना संक्रमण अझ फैलिन नदिन मास टेस्टिङ्ग र कन्टेक्ट ट्रेसिङ्गको काम भइरहेको छ । तर, संक्रमित भेंटिएकाहरुलाई राख्नको लागि आइसोलेसन नहुँदा धेरै संक्रमितहरु आआफ्नो घरमा सेल्फ आइसोलेसनमा बस्दा समुदायमा संक्रमण बढ्ने क्रममा कमी आउन सकेको छैन । 

कोरोना नियन्त्रण र रोकथामका लागि जिल्लास्थित संयन्त्र र ब्यवस्था अपर्याप्त भएर स्थिती काबु बाहिर जान लागेको आम मानिसको बुझाई छ । यस कारणले वीगन्जमा भय र त्रासको माहोल बढ्दो छ ।

प्रकाशित: २१ श्रावण २०७७ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App