coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धरानमा एक साताका लागि लकडाउन

कोरोना संक्रमण फैलिन नदिन धरान उपमहानगरपालिकाले पनि एक साता पूर्णलकडाउन गर्ने निर्णय गरेको छ। आज बिहान बसेको कार्यपालिका बैठकले आज मध्यरातीदेखि साउन २८ गतेसम्म पूर्णलकडाउन गर्ने निर्णय गरेको हो। बैठकले औषधी पसलबाहेक सबै व्यापार, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ भने एम्बुलेन्स र शव वाहनबाहेक अन्य सवारीसाधनहरुलाई पूर्णरुपमा चल्न रोक लगाउने निर्णय गरेको कार्यपालिकाका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले जानकारी दिए।  

धरानमा पछिल्लो समय समुदायमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ। संक्रमण पुष्टि भएका २८ जना मध्ये ९ जना घरमा नै रहेकाहरु भएकोले लकडाउन गर्नुपर्ने माग चर्कोरुपमा उठिरहेको थियो। हिजो सुनसरीकै इटहरी उपमहानगर, इनरुवा र दुहबी नगरपालिकाले पनि लकडाउनको निर्णय गरिसकेको छ।

 

प्रकाशित: २१ श्रावण २०७७ ०५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App