coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

युवाहरूको आक्रमणबाट शिक्षक गम्भीर

मुगु जिल्लाको सोरु गाउँपालिकाका एक शिक्षकमाथि स्थानीय युवाहरूले आक्रमण गरेका छन् । सोमबार जनैपूर्णिमाको अवसरमा लाग्ने ठुलीगाउँको जात्रामा गएका कालिका आधारभूत विद्यालय लिब्रुका स्थायी शिक्षक बिष्णुराज धामीमाथि सोही गाउँका युवाहरूले सांघातिक आक्रमण गरेका हुन् ।

युवाहरूको आक्रमणबाट शिक्षक धामी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मंगलबार हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । चिकित्सकहरूका अनुसार उनको मंगलबार बेलुकासम्म होस आएको छैन् । धामीको मुख, टाउकोलगायत शरिरका विभिन्न भागमा चोट लागेको छ । उनीसँगै स्थानीय युवा बर बुमी पनि घाइते छन् । उनको पनि प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।  

घाइते बर बुमीका अनुसार मेलाबाट शौच गर्न जानेक्रममा स्थानीय युवाअरुले एक्कासी आक्रमण गरेका थिए । बुमीका अनुसार २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन माओवादीबाट प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य नवराज धामीका छोरा मिलनसहित अंगत, जीवन, राजेन्द्र धामी, इन्द्र सेजुवाल र कवीदत्त बुमीले आक्रमण गरेका हुन् । ‘फुटवल खेल्नेक्रममा शिक्षक विष्णु धामीका आफन्तका छोराहरू र आक्रमणकारीबीच विवाद भएको रहेछ,’ घाइते बुमीले भने, ‘त्यहीँ विषयमा सम्झाएको भन्दै शिक्षकमाथि आक्रमण भयो ।’

आक्रमणकारीहरूले शिक्षक धामीलाई उपचारका लागि अस्पताल लग्न सहयोग गर्नेहरूलाई पनि आक्रमण गर्ने धम्की दिएका थिए । उनीहरूको धम्कीका कारण आफन्तहरूले सात घण्टा टाढा गाउँपालिकाको केन्द्रमा ल्याएर हेलिकोप्टरमार्फत सुर्खेत पु¥याएका थिए ।

जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी भुवनेश्वर शाहले आक्रमणकारीको खोजी भइरहेको बताए । ‘आक्रमण गर्ने युवाहरूको घर खानतलासी गरिरहेका छौं, फेला पार्न सकेका छैनौं,’ उनले भने, ‘सईको कमाण्डमा प्रहरी टोली खटाएका छौं ।’ उनले मेलामा देउडा खेलेर फर्कने क्रममा शिक्षकमाथि आक्रमण भएको बताए ।

प्रकाशित: २० श्रावण २०७७ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App