८ वैशाख २०८१ शनिबार
समाज

भिषण वर्षाले पाँचथरका विभिन्न ठाँउमा क्षेती, ढुंगाले लागेर वृद्धको मृत्यु

आईतबार राती भएको भिषण वर्षाका कारण पाँचथरका विभिन्न ठाँउमा क्षती पुगेको छ । अधिकतर ग्रामीण सडक अवरुद्ध बनाएको छ भने खानेपानी पाईप, हाईड्रोपावरको पाईप, लद्युजलविद्युत आयोजना, खानेपानीको पाईप वगाएको छ ।

आईतवार विहान ढुङ्गाले लागेर एकजना वृद्धको मृत्यु भएको छ । फिदिम नगरपालीका–११ सेजेपाका ८२ वर्षीय हरिप्रसाद श्रेष्ठको मृत्यु भएको हो । प्रारम्भीक रुपमा हेर्दा माथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको देखिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए । अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

आईतबार फिदिममा समाजिक सुरक्षा लिन आएका उनी आफन्तकोमा बसेका थिए । घर जाने क्रममा उनलाई ढुङ्गाले लागेको प्रहरीले जनाएको छ ।

यस्तै, वर्षाको कारण विभिन्न ठाँउमा पहिरो गएको छ । जिल्लाका आंशिक र पूर्ण गरी १९ स्थानमा क्षेती पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी इक्स्पेक्टर रोहन अर्यालका अनुसार यासोक र नवमिडाडा भन्ने ठाउमा एक–एक परिवार विस्तापित भएका छन् ।

सदरमुकाम फिदिममा वितरण हुने फिदिम साना सहरी खानेपानी आयोजनाको पाईप बगाएको छ । मुहान रहेको फिदिम–१४ मा पाईप बगाउदा केहि दिनकालागि आयोजना अवरुद्ध भएको छ । यस्तै फेमेखोला आसपासमा खेत बाढिले बगाएको छ । यहि रहेको विके पावर कम्पनी, फेमेखोला साना जलविद्युत आयोजनामा बाढिले क्षती पु¥याएको जानकारी दिएको छ ।  

फिदिम–१३ मा रहेको शान्ती दिप पिको हाईड्रो र सिङ्घारे श्याल धोती हाईड्रो पावरमा क्षती पुगेको छ । जिल्लाका ग्रामीण क्षेत्र जोड्ने विभिन्न सडक अवरुद्ध बनाएको छ ।

प्रकाशित: १९ श्रावण २०७७ १०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App