३ असार २०८१ सोमबार
image/svg+xml
समाज

न्यायिक समितिले समन्वय नगर्दा अदालतमा मुद्दाको चाप

जिल्ला अदालतले गत आर्थिक वर्षमा ५८ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ। आव ०७६/७७ मा अदालतमा पेश भएका ३८४ विभिन्न प्रकृतिका मुद्दामध्ये २२४ मुद्दा फछ्र्योट गरिएको हो।  

अदालतले गत आवमा दर्ता भएका २९९ मध्ये १५१ मुद्दा फछ्र्योट गरेको स्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए। उनका अनुसार अघिल्लो आवदेखि जिम्मेवारीमा आएका ८५ मध्ये ७१ मुद्दा फछ्र्योट गरिएका छन्।  

 यस्तै अदालतले मेलमिलापका लागि मेलमिलाप केन्द्रमा पठाएका ४१ ममध्ये १४ मुद्दा मेलमिलाप भइसकेको स्रेस्तेदार ज्ञवालीले जानकारी दिनुभयो। अदालतले छ महिनाका अवधिमा ७९ मुद्दा फछ्र्योट गरेको छ। लकडाउनका अवधिमा मुद्दाको खासै सुनवाइ नभए पनि तीन महिनाका अवधिमा ३० मुद्दा दर्ता भएको जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिए।  

 स्थानीय तहमा रहेका न्यायिक समितिले मुद्दामा औपचारिकता बढी खोजेकाले न्यायिक समितिमा निरुपण हुने मुद्दा पनि अदालतसम्म आउने गरेको न्यायाधीश पाण्डेको भनाइ छ। समितिको कार्यसम्पादन प्रभावकारी बनाउन हरेक स्थानीय तहले कर्मचारीलाई अदालतमा खटाउन सक्ने उनले भने।

प्रकाशित: १८ श्रावण २०७७ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App