१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घरअगाडि ‘फूलका गमला’

पाँचथरको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि बजारमा घरअगाडि सडकछेउमा राखिएका फूलका गमला। तस्बिर: नागरिक

सामान्यतया घरमा गमला वा फूलबारी बनाएर फूल फुलाउने गरिन्छ। विभिन्न प्रजातिका सिजनअनुसारका फूल फुल्दा आकर्षक देखिनु स्वाभाविक पनि हो। यहाँको दक्षिणी रवि बजारमा भने घरअगाडि सडकछेउमा समेत गमलामा फूल रोप्नुपर्ने नियम बनाइएको छ।  

सडक कालोपत्रे भएपछि हरेक घरअगाडि पाँचवटा गमला राख्न अनुरोध गरिएको थियो। अहिले ग्रामीण क्षेत्रको पुरानो रवि बजारका घरअगाडि गमलामा फूल रोपिएको छ। घरमा फूल रोप्नुका साथै सडकछेउ पनि गमला राखिएका छन्। यो बजार मिक्लाजुङ गाउँपालिकाको केन्द्रमा पर्छ। सडक कालोपत्रे भएपछि बजार निकै सुन्दर देखिएको छ। बजार क्षेत्र कालेपत्रे भएसँगै घरअगाडि पाँचवटा गमलामा ‘अर्किट’ फूल रोप्न आह्वान गरिएअनुसार काम भएको वडाध्यक्ष रामकुमार राईले जानकारी दिए।

बर्खामा हिलाम्मे र हिउँदमा घुलाम्मे हुने सडक कालोपत्रे भएपछि खुसी भएर रवि बजारवासीले आफ्नो घरअगाडि फूलका गमला राखेका छन्।

बर्खामा हिलाम्मे तथा हिउँदमा घुलाम्मे हुने सडक कालोपत्रे भएपछि खुसी भएर रवि बजारवासीले हरेक घरमा फूलका गमला राखेका छन्। सडकबीचमा वडाले आफैं फूल रोपेको छ। घरछेउमा स्थानीय घरधनी÷व्यवसायीले गमलामा फूल सजाएका छन्। फूल फुल्दा निक्कै राम्रो देखिने तथा फूल नहुँदा हरियो रहिरहने भएकाले अर्किट फूल रोजिएको वडाध्यक्ष राईले जानकारी दिए। ‘रविलाई नमुना बनाउने हाम्रो योजना छ। यहीअनुरूप सुन्दर रविलाई अझै सुन्दरता दिन हरेक घरअगाडि गमलामा फूल रोप्न आग्रह ग¥यौं। करिब अढाइ सय घरमा राख्नुभएको छ,’ राईले भने, ‘सडकबीच हरियो ड्रममा हामीले रोपका छौं। घरअगाडि उहाँहरूले नै संरक्षण गर्नुहुन्छ। बजार क्षेत्र फूलले शोभायमान बनाउन खोजेका छौं। यो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य भएकाले बजारको सौन्दर्य प्रवद्र्धनका लागि पनि ध्यान दिइएको छ।’

राईका अनुसार यी बिरुवा गाउँमै उत्पादन गरिएका हुन्। यसलाई निरन्तरता दिने बताइएको छ। रवि बजार क्षेत्रको २ हजार ३ सय मिटर सडक कालोपत्रे भइसकेको छ। मेची राजमार्गको राँकेबाट २६ किलोमिटर र झापाको दमकबाट ४८ किलोमिटर क्षेत्रमा पर्ने रवि प्राकृति, धार्मिक तथा सांस्कृतिक हिसाबले पनि महत्पूर्ण मानिन्छ। बजार क्षेत्रमा व्यापार, व्यवसाय सञ्चालित छन्।

गाउँपालिकाको केन्द्र भएपछि रविको विकास, निर्माण तथा सहरीकरणको क्रम बढेको छ। सडक, बिजुली, आवासगृह, वधशाला, पार्कलगायत निर्माणले गति पाएको गाउँपालिका अध्यक्ष अमर माखिमको भनाइ छ। 

प्रकाशित: १८ श्रावण २०७७ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App