१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मध्यराति घरमै पसेर पत्नीको हत्या, पतिलाई बनाए गम्भीर घाइते

कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा शुक्रबार राति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गरेको छ भने उनका श्रीमानलाई गम्भीर घाइते बनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले स्थानीय ५५ वर्षीय बेलु खातीको हत्या भएको जानकारी दिए । उनका श्रीमानलाई भने गम्भीर घाइते भएका छन् ।  

उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए । ‘गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौं,’ प्रवक्ता थापाले भने, ‘घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।’

उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले घटनाबारे सोधपुछका लागि खातीकै छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।  

‘सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौं,’ थापाले भने ।  

प्रकाशित: १७ श्रावण २०७७ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App