coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

महेन्द्र पुलिस क्लब अगाडि ‘इनफ इज इनफ’ का अभियन्ता हरु धर्नामा

तस्बीर साैजन्यः इनफ इज इनफ

गृहमन्त्रालय प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा महेन्द्र पुलिस क्लब अगाडि धर्ना दिएका छन। सूचनाको हकको निवेदन दर्ता गर्न गृहमन्त्रालय प्रवेश गर्न खोजेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा उनीहरुले धर्ना दिएका हुन्।

अभियानका सदस्यहरु पक्राउ परेपछि आक्रोशित बनेका अभियन्ताहरुले पुलिस क्लब अगाडि धर्ना दिएका हुन्। पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसी लगायत रहेका छन्। प्रहरीले पक्राउ गरेका अभियन्ताहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ। अभियन्ताहरुले पीसिआर परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुुनुपर्नेभन्दै देशैभरि विभिन्न स्थानमा अनसन, विरोध गर्दै आएका छन्। असार २३ गते अभियान्ताहरुले उठाउँदै आएका माग पुरा गर्ने प्रतिपद्धता सरकारले जनाएको थियो।

प्रकाशित: १५ श्रावण २०७७ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App