२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

मित्रमिलन सहकारीमा २९ करोड हिनामिना प्रकरणः २६ जनाविरुद्ध पक्राउ पुर्जी

पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारीबाट ऋण लिएर लामो समयसम्म नतिर्ने २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सकेर वैशाख २८ गते सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो ।  

अनुसन्धानका क्रममा सहकारीको करिब २९ करोड ४६ लाख रुपैयाँ हिनामिना भएको खुलेको प्रहरीले जनाएको छ । फरार रहेका आरोपितहरूको खोजी तीव्र बनाइएको छ । पक्राउ पुर्जी जारी हुनेमध्ये केही राजनीतिक तथा सामाजिक क्षेत्रका चिनिएका व्यक्तिहरू पनि रहेका छन् ।  

यसअघि नै सहकारीका पदाधिकारी, पूर्व रजिष्ट्रार र वडाध्यक्षसहित ३३ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । बचतकर्ताको रकम अनियमित रूपमा प्रयोग गरी ठगी गरिएको आरोपमा सहकारी अध्यक्ष रमण पौडेललगायतमाथि अनुसन्धान जारी रहेको बताइएको छ ।  

प्रहरीका अनुसार केही आरोपित फरार छन् भने केही पुर्पक्षका लागि कारागारमा रहेका छन् ।

प्रकाशित: १ जेष्ठ २०८३ २०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App