१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

देशभर भारी वर्षाको सम्भावना, जताततै बाढी/पहिराेकाे जाेखिम

फाइल तस्बिर : सिन्धुपाल्चाेक बाह्रबिसे

आज बुधबार देशका अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार अहिले पनि कतिपय स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाले बुधबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज दिउँसो तथा राति देशका धेरै स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको जनाएको छ ।  

बुलेटिनअनुसार दिउँदो गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमका थोरै स्थान तथा प्रदेश १, २, बागमती र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो (भारी) वर्षा हुने सम्भावना छ ।  

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी सम्भावना छ भने प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ । साथै प्रदेश २, बागमती र कर्णाली प्रदेशका पनि एक दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ ।

‘देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ माैसम महाशाखाले बिहान ६ बजे २४ घण्टे चेतावनी जारी गर्दै भनेकाे छ,  ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

यसैबीच वर्षाका कारण देशका विभिन्न नदी/खोलामा बाढी आइरहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।  

महाशाखाले केही बेरअघि आफ्नो ट्विटरमार्फत जारी गरेको सूचनाअनुसार अहिले महाकाली नदीमा बाढी उर्लिएको छ । डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरिसकेको छ भने बाढी बढ्दो क्रममा छ । 

तसर्थ डडेल्धुरासहित कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाहरूले बेलुकासम्मै उच्च सतर्कता अपनाउन सूचनामा भनिएको छ ।  

आज देशका धेरै स्थानमा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  

विस्तृत जानकारीका लागि तलको सूचना पढ्नुहोस् :

प्रकाशित: १४ श्रावण २०७७ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App