१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गर्भवतीको उद्वार

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी उपमहानगरपालिका –५ की एक गर्भवतीको आज उद्धार गरिएको छ । धनगढीको तारानगर बस्ने वर्ष ३१ की गर्भवती रिता पन्तको अवस्था जटिल भएपछि सेनाको स्काई ट्रकमार्फत उद्वार गरी काठमाडौँ पठाइएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए । 

गर्भवती पन्तलाई शुरुमा धनगढीको नवजीवन अस्पतालमा तीन दिन भर्ना गराइ उपचार गरी सञ्चो नभएपछि सेती प्रादेशिक अस्पतालमा पठाइएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि सेनाको स्काई ट्रकमार्फत ललितपुरको मेडिसिटी अस्पतालमा पठाइएको सूचना अधिकारी खड्काले बताए ।

प्रकाशित: १३ श्रावण २०७७ १६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App