११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

अनलाइन गेमका नाममा ठगी गर्ने युवा पक्राउ

युवाहरू माझ लोकप्रिय अनलाइन गेम पब्जीको नाममा ठगी गरेको आरोपमा सुनसरी गढीका एक युवा पक्राउ परेका छन् । गढीका २४ वर्षे मोहमद साविर आलमलाई पक्राउ गरिएको हो ।

काठमाडौँ चावहिलका ३५ वर्षे मनोरथ नेपालले महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएपछि पक्राउ गर्न अदालतको अनुमतिसहित सकुर्लर गरेपछि आलम पक्राउ परेका हुन् । उनी एनआइसि एसियाबाट ५० हजार रुपैयाँ पैसा निकाल्ने क्रममा पत्राउ परेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर काठमाडौं पठाई सकिएको इलाका प्रहरी कार्यालय दुहवीले जनायो ।  

आलमले अनेक बाहना बनाएर पैसा असुल्ने गरेको खुलेको छ । काठमाडौँ बसेर अध्ययनरत विद्यार्थी कोरोनाको महामारीपछि सुनसरी गढी घर आएका थिए । उनी घर आएपछि पनि अनेक ढंगले ठगी गर्ने गरेको खुलेको छ ।

प्रकाशित: १३ श्रावण २०७७ ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App