coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धनुषामा बलात्कार आरोपमा युवक पक्राउ

बलात्कारको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् । क्षिरेश्वरनाग नगरपालिका–३ की १८ वर्षीया दलित युवतीलाई सोमबार राति बलात्कार गरेको आरोपमा स्थानीय २६ वर्षीय कलाम राइनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकका अनुसार शौचालय जान घर बाहिर निस्केको बेला राइनले ती युवतीलाई बलात्कार गरेका हुन् ।  

बलात्कारपछि राइनले राति करिब १२ बजे युवतीलाई घर छाड्न जाँदा स्थानीयले देखेपछि घटना बाहिरिएको हो । यौन समबन्धपछि घर फर्केको देखेपछि स्थानीयले ती युवकलाई नियन्त्रणमा लिएर कुटपिट गरी प्रहरीलाई जिम्मा लगाएको प्रहरी निरिक्षक नायकले बताए ।

बलात्कार भएको भनिएका युवती र युवक दुबैको प्रादेशिक अस्पताल जनकपुरमा स्वस्थ्य परीक्षण गरिएको छ । कुटपिटबाट घाइते भएका राइनको उपचार समेत प्रादेशिक अस्पतालमै भइरहेको र घटना विषयमा थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक नायकले बताए ।

प्रकाशित: १३ श्रावण २०७७ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App