२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

नगरपालिकाका ६५ घर परिवारलाई खाद्यान्न प्रदान

राङज्यूङ येशे शेनफेनले उपलव्ध गराएको खाद्यान्न वितरणका क्रममा स्थानीयसँग उपमेयर बिमला राई । तस्बिर : नागरिक

राङज्यूङ येशे शेनफेन नामक सामाजिक संस्थाले खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ६५ घर परिवारलाई खाद्यान्न प्रदान गरेको छ । सेतो गुम्बा बौद्ध काठमाडौं अन्तरगतको सामाजिक संस्था राङज्यूङ येशे शेनफेनले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४३ घर परिवार र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका २२ घर परिवारलाई ३०/३० केजीका दरले चामल प्रदान गरेको हो । 

हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईको समन्वय र आग्रहमा राङज्यूङ येशे शेनफेनले विपन्न परिवारलाई लक्षित गर्दै खाद्यान्न सहयोग गरेको हो । शनिबार डिकुवाको वफ्लाङ र च्यास्मीटारमा कार्यक्रम गरी संस्थाले उपमेर राईकै हातबाट विपन्न स्थानीयलाई चामल हस्तान्तरण गरेको जनाएको छ । च्यास्मीटारमा एकल महिला, एकल पुरुष, विपन्न दलित परिवारलाई प्राथमिकतामा राखेर चामल वितरण गरिएको उपमेयर राईले बताइन् ।

केही समयअघि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोदय माविमा अध्ययनरत विद्यार्थीका ८८ परिवारलाई चामल, दाल, नुन, तेल र मस्यौरा प्रदान गरेको संस्थाले उपमेयर राईको आग्रहमा थप ६५ घर परिवारलाई खाद्यान्न उपलव्ध गराएको हो । महेन्द्रोदय माविका कक्षा १ देखि कक्षा ६ सम्म अध्ययनरत विधार्थीलाई २०७५ सालदेखी बेला–बेलामा निःशुल्क स्टेशनरी र नियमित टिफिन (खाजा) खुवाउदै आएको सो संस्थाले लकडाउनकाबेला तिनै विद्यार्थीका अभिभावकलाई गत असार १२ गते खाद्य सामग्री प्रदान गरेको थियो ।

प्रकाशित: ११ श्रावण २०७७ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App