७ वैशाख २०८१ शुक्रबार
समाज

वैशाखयता वर्षाजन्य विपदबाट १८१ मृत्यु, ५१ बेपत्ता र २७८ घाइते

फाइल तस्बिर : सिन्धुपाल्चाेक बाह्रबिसे

वैशाखयता बाढी, पहिरो र चट्याङबाट १ सय ८१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ ।  

प्राधिकरणले शनिबार दिएको जानकारीअनुसार वैशाख १ गतेदेखि साउन ९ गतेसम्म पहिरोबाट  १२८ जनाको मृत्यु भएको छ । यसैगरी यस अवधिमा बाढीबाट ६ जनाको मृत्यु भएको छ भने चट्याङले लागेर ४७ जनाको ज्यान गएको छ ।  

यसैगरी बाढी र पहिरोमा परी ५१ जना हराइरहेका छन् । प्राधिकरणका अनुसार पहिरोमा परेका ४४ र बाढीले बगाएका ६ जनाको अवस्था अझै पत्ता लाग्न नसकेको हो ।  

यसैगरी यस अवधिमा बाढी, पहिरो र चट्याङका कारण २७५ जना घाइते भएका छन् । प्राधिकरणको तथ्यांकअनुसार पहिरोबाट ११४, बाढीबाट ३ र चट्याङले लागेर १६१ जना घाइते भएका हुन् ।  

मनसुन लागेयता मात्र यी विपदमा परेर १ सय ४३ जनाको ज्यान गएको छ भने १५३ जना घाइते भएका छन् ।  

प्रकाशित: १० श्रावण २०७७ ११:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App