१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जवरजस्ती करणी अभियोगमा एक युवा पक्राउ

२० वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३ बस्ने २० वर्षीय बिमल कङ्लिवा लिम्बूलाई पक्राउ गरेको छ । सिरिजङ्घा गाउँपालिका वडा नं ३ सिकैचाको ओजीथोकस्थित चौतारामा जवरजस्ती करणी गरेको भनी पीडित महिलाकातर्फ जाहेरी परेपछि बिमललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।  

पीडितको जाहेरीमा घरेलु हतियार खुकुरीले कपालको आधा भाग समेत काटेर डरत्रास देखाई जवरजस्ती करणी गरेको अभियोग गरेको छ । डिएसपी श्रेष्ठले पक्राउ परेका बिमललाई अनुसन्धानका लागि म्याद थप गरी प्रकृया अघि बढाईएको जानकारी दिए ।

प्रकाशित: १० श्रावण २०७७ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App