पहिरो बगेर थुनिएको गोरखको धार्चे गाउँपालिका ७ लापुको नौलीखोला खुल्न थालेको छ । गएरातिदेखि थुनिएको खोलामा बिस्तारै पानी निकासबाट बग्न थालेको स्थानीय शिक्षक बिरबल गुरुङले बताए ।
पहिरोले खोला थुनिएपछि लापुबेसीका स्थानीयले घर छाडेका थिए । पानी बग्न थालेपछि स्थानीय घर फर्किएका छन् ।
प्रकाशित: १० श्रावण २०७७ ०७:१० शनिबार