२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

घर भत्किदा एकको मृत्यु, पहिरोले पाँच घर पुरिए

अबिरल वर्षातको कारण घर भत्केर एक व्यक्तिको मृत्यु भएको छ भने ५ वटा घरमा क्षती पुगेको छ।  मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका –८ निवासी ६८ वर्षिय अक्कलबहादुर तामाङ रहेका छन्। जस्ताले  छाएको २ तले कच्ची घर भत्किएर च्यापिदा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेले बताए।  

यस्तै वर्षातको कारण आएको पहिरोले बेलकोटगढी नगरपालिका–५  दुईपिपल माझगाउँ स्थित ५ घर पूर्ण रुपमा क्षती भएको छ। ५ सय मिटर माथीबाट आएको पहिरोले ५ घर सँगै  पशुचौपाय समेत पुरिएको प्रहरी प्रमुख काफ्लेले बताए।  

 

 

 

 

 

प्रकाशित: ९ श्रावण २०७७ ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App