coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मालपोतको काम स्थानीयमा हस्तान्तरण सुरु

मालपोत र नापी कार्यालयले गर्दै आएको जग्गा प्रशासनसम्बन्धी काम स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरिएको छ। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहलाई हस्तान्तरण गर्न प्रक्रिया आरम्भ गरिएको भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए।  

विभागले १ सय २६ वटै मालपोत कार्यालयलाई चिठी लेखी सम्बन्धित क्षेत्रका स्थानीय तहका कम्तीमा दुई÷तीन कर्मचारीलाई कार्यालयमै बोलाई मालपोतले गर्दै आएको कामबारे तालिम दिन निर्देशन गरेको छ। निर्देशनपछि मालपोत कार्यालय कलंकीले आफ्नो कार्याक्षेत्रभित्र पर्ने नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका तथा काठमाडौं महानगरपालिका–१३, १४ र १५ वडाका २० कर्मचारीलाई बोलाई जग्गा प्रशासनसम्बन्धी तीनदिने तालिम दिएको छ।

तालिमको उद्घाटन गर्दै पौडेलले नेपालको संविधानअनुसार जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहलाई हस्तान्तरण गर्न प्रक्रिया सुरु गरिएको बताए। तालिममा भूसेवा केन्द्रबारे स्थानीय तहका कर्मचारीहरूलाई जानकारी गराइएको थियो। हालै गरिएको बजेट भाषणमा ६० वटा मालपोत कार्यालय स्थानीय तहलाई हस्तान्तरण गर्ने उल्लेख छ।

प्रकाशित: ९ श्रावण २०७७ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App