११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

धौलीगंगाको बाँध खोलिदै, सतर्क रहन आग्रह

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ। बाँध खोलेपछि महाकाली नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार जलविद्युत् परियोजनाको बाँध साउन १५ गते राती १२ बजे खोलिने भएको छ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार साउन १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी पौने सात बजेसम्म बाँध खोलिने जनाइएको हो। परियोजनामा शिल्ट फ्लशिङ्ग र सरसफाइको गरिने भएकाले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको हो।

सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिए पश्चात नदीमा पानीको सतह बढ्ने भएकोले तटिय क्षेत्रमा जोखिम रहने हुँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ। महाकाली तटीय क्षेत्र दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका स्थानीयलाई सतर्क गरिएको हो।  महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्। परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खोल्ने गरेको हो।

पछिल्लो समय भारतीय प्रशासनले नेपाली प्रशासनलाई पूर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ। सोही अनुसार नेपाली प्रशासनले नदि आसपासका बासिन्दालाई बाँध खोलिने बारे जानकारी गर्दै आइरहेको छ। यसअघि गत असार १५ गते राती १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म खोलिएको थियो।

प्रकाशित: ८ श्रावण २०७७ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App