१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णाली डायरी : भाईले गरेको दाईको हत्या

रुकुम पश्चिम चौरजहारीमा भाईले दाईको हत्या गरेका छन् । चौरजहारी नगरपालिका–९ का ३४ वर्षीय भीमबहादुर मल्लले ४५ वर्षीय दाई हरिबहादुरको हत्या गरेका हुन् । हत्या गरी मकैबारीमा टाउको गाडेको अवस्थामा भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटना
दैलेखस्थित गुराँस गाउँपालिका–८, सल्लीबजारमा भे१प ६०६२ नम्बरको मोटरसाइकल पल्टिँदा एकजना घाइते भएका छन् । सल्लीबजारबाट धरमपोखरा आउँदै गरेको भे१त ८०३३ नम्बरको ट्याक्टरलाई विपरीत दिशाबाट आएको उक्त मोटरसाकइलले साइट दिने क्रममा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार सुर्खेत वीरेन्द्रनगर–१६ का ७४ वर्षीय काशिराम गौतमको ढाडमा चोट लागेको छ । ट्याक्टर र मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।

भीरबाट लडेर मृत्यु
जाजरकोटको कुशे गाउँपालिका–६, भार्मा भित्ते भीरबाट लड्दा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । सोही गाउँपालिका वडा नम्बर ४ टागाचौरका सार्की दमाईको मृत्यु भएको छ भने नैने दमाई घाइते भएका छन् ।

कुशे गाउँपालिका–६, स्थित भार्मा बजारबाट भार्मा गाउँ जाँदै गर्दा उनीहरू लडेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते नैनेको ढाडमा चोट लागेको छ ।

१७ वर्षपछि फरार व्यक्ति पक्राउ
जिल्ला अदालत दैलेखबाट १० वर्ष कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बंगेशीमलबाट दुल्लु नगरपालिका–१० का ६५ वर्षीय विष्णुबहादुर थापा पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका थापालाई दैलेख पठाइएको छ । प्रतिवादी थापा १७ वर्षदेखि फरार रहेका थिए ।

१० घरमा क्षति
हुम्लाको अदानचुली गाउँपालिका–३, मकै गाउँका १० घरमा क्षति पुगेको छ । लगातार वर्षाका कारण घरमाथिबाट ढुंगा र माटो खस्दा उक्त घरहरुको भित्ता भत्किएका हुन् । सोही गाउँका अन्य १० घरमा पानी पसेको छ । घरमा पानी पस्दा अन्नपात तथा खाद्यान्न क्षति पुगेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यहाँ मानवीय क्षति भएको छैन ।

प्रकाशित: ८ श्रावण २०७७ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App