१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सुधार आयोजना असफल : डुबानमा ब्यापारिक नगरी

बीरगन्जको गोश्वारा रोडस्थित जिल्ला प्रसाशन कार्यालय, पर्सामा भएको डुबान । तस्बिर : रितेश त्रिपाठी

मुलुकको मुख्य ब्यापारिक नगरी वीरगन्ज महानगरपालिकाको ब्यापारिक महत्वका एरिया सहित धेरै एरिया डुबानमा परेको छ । सहरको मुख्य बजारको रुपमा समेत रहेको वीरगन्जको आदर्शनगर डुबानबाट धेरै प्रभावित छ । ३ दर्जन बढी ट्रान्सपोर्ट मार्फत मुलुकलाई चाहिने आवश्यक बस्तुको ठुलो हिस्सा आपुर्ती गर्ने ठाउँ आदर्शनगर नै हो । यहाँका ब्यापारिक प्रतिष्ठान र गोदामहरू डुबानले प्रभावित भएको छ । कतिपय ठाउँ पानिी समेत परेर नोक्सानी भएको ब्यपाररहिरुले बताएका छन् । स्थानीयका अनुसार बीरगन्जको यो समस्या बर्षेनी दोह्रिए पनि सुधारको लागि ल्याइएको योजना असफल भएको छ ।

आदर्शनगरमा प्रकृतिक नाला पुरेर बनाइएको साँघुरो नालाले पानी तान्न नसक्दा डुबानको समस्या बकिराल भएको स्थानीयको बुझाई छ । ब्यापारीहरूले यसको लागि उपमहानगरपालिका कार्यालय र वीरगन्जमा लागु ‘मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार योजना’लाई जिम्मेवार मानेका छन् । यो योजना असफल भएको सहरबासीको बुझाई छ । स्थानीय अगुवाले वीरगन्जको यो समस्या अनियमितता र नीतिगत तथा प्रत्यक्ष भ्रष्टाचरसंग जोडिएको बताउछन् । 

बीरगन्जको गोश्वारा रोडमा बर्षातले भएको डुबान ।

‘साढे २ सय करोडको योजना यहाँ नाला र बर्षे ढलकै समस्या समाधान गर्नका लागि खर्च गरिएको छ,’ काँग्रेसका नेता तथा पुर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीले भने, ‘योजनापछि समस्या घट्नुको ठाउँमा बढेको छ, जुन ठाउँमा कहिले पनि डुबान हुँदैन थियो, ति ठाउँहरू जलमग्न हुन थालेका छन्, त्यत्रो ठुलो रकम खर्चिएको योजना प्रतिउत्पादक कसरी भयो, यसमा प्राविधिकसहितको अहिधारसम्पन्न निकायबाट छानबिन हुनुपर्छ ।’  

मुल्य अभिवृधी कर सहित २ अर्ब ४८ करोड ३६ लाख एक हजार रुपैयाँमा चिनको सिटीसिइ र नेपालको कालिका कन्सट्रक्सन संयुक्तले ठेक्का लिएका योजनामा कन्सल्टेन्ट बिज्ञहरूको भुमिका र योजना कार्यन्यवन गर्ने कार्यालयको कार्यप्रति सारोकारवालाको सवाल छ । २०७० वैशाख ४ देखि सुरु भएको योजनाको सम्झौता अनुसार ७५० दिन अर्थात २०७२ जेठभित्र निर्माणकार्य पुरा भइसक्नु पर्ने थियो । निर्धारित अवधिभन्दा करिब तीन बर्ष ढिलो योजना सकेको छ । तर, नतिजाले वीरगन्जबासी हैरान छन् । सहरको नाला र ढलहरूलाई दुरुस्त बनाउने यो योजनामा अलमलसंगै सहरबासीलाई सुविधाको साटो सास्ती सुरु भएको थियो । जुन अहिलेसम्म कायम छ । 

बीरगन्जको आदर्शनरमा बनेको ठुलो भुमिगत नालासहितको सडकमाथी जम्केको पानी ।

सम्झौता अनुसार निर्माण कम्पनीले बिलम्बको लागत जोडेर पैसा लिन पाएकै छ । डिजाइनमा पनि निकै हेरफेर भएको छ । योजना कार्यन्यवन कार्यालयको प्रमुख रहेर सम्पुर्ण निर्माण प्रक्रियाको निगरानी गरेका वीरगन्ज महानगरपालिकाका इन्जिनियर शैलेन्द्र श्रेष्ठले काम गर्दै जाँदा आवश्यक्ता हेरेर र बिज्ञहरूको परमर्श अनुसार डिजाइन हेरफेर भएको दाबी गर्छन । उनले वीरगन्जको भौगोलिक बनौटले गर्दा नै वर्षातको समयमा स्वभाविक रुपमा केही एरिया डुबानमा पर्ने खालको रहेको बताए ।

एक साताभित्र बेलाबेलामा परेको पानीले मुख्य आर्थिक कारोबार हुने आदर्शनगरका ब्यापारिक प्रतिष्ठान, तिनका गोदामा तथा पसलहरूमा करोडांै मुल्य बराबरका सामान नष्ट भएको छ । जिल्ला प्रसाशन कार्यालयसहित गोश्वारा रोड पुरै डुबानमा छ । सयभन्दा बढी पसल र गोदामभित्र वर्षातको पानीले नोक्सानी पुर्याएको छ । यहाँका ट्रान्सपोर्टहरूमा गतिविधी रोकिएको छ । आदर्शनगरसंगै घडिअर्वा, मुर्ली, भिस्वा लगायतका ठाउँमा पहिलेदेखि नै डुबान समस्या भए पनि योजना सुरु हुँदा स्थानीय वासिन्दा आशावादी भएका थिए । अहिले पनि निराश छन् । 

प्रकाशित: ६ श्रावण २०७७ १३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App