पछिल्लो एक घण्टामा लमजुङको रैनामैना केन्द्रमा २८.६ मिलिमिटर वर्षा मापन भएको छ।
नेपाल मौसम पूर्वानुमानका अनुसार बुधबार बिहान ७ः५८ बजेसम्म गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
ती क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसअघि मौसम पूर्वानुमानमा पनि आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याइएको थियो।
प्रकाशित: २१ आश्विन २०८३ ०८:५० बुधबार





