७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

एकै दिन थपिए ५० संक्रमित

नारायणी अस्पतालको प्रयोगशालमा भएको पछिल्लो परीक्षणको रिपोर्ट अनुसार बारा र पर्सामा एकैदिन ५० जना कोरोना संक्रमित थपिएका छन । आइतबार राति आएको परीक्षणको रिपिोर्टमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।  

संक्रमितमध्ये ४६ जना बारा र चारजना पर्सा जिल्लाका रहेको उनले जानकारी दिए । वीरगन्जस्थित होटेल कुमु प्यालेसको क्वारेन्टाइनमा बसेका चार जना करोना संक्रमित भेंटिएका हुन । पर्साका संक्रमितहरुलाई नारायणी अस्थायि अस्पतलमा राख्ने तयारी गरिएको जनाइएको छ ।  

उता बारा जिल्लाको देवताल गाउँपालिकाका ३४, सुवर्ण गाउँपालिकामा ३, कलैया उपमहानगरपालिकामा ३ र धनकौलमा ६ जना कोरोना संक्रमित भेंटिएका हुन् । संक्रमितहरुको सूचीमा स्थानीय नागरिकसहित जनप्रतिनिधि र स्वास्थ्यकर्मी समेत रहेका छन् । समुदायमा गरिएको परिक्षणमा बाराका यि संक्रमित फेला परेका हुन । संक्रमित व्यक्तिलाई कलैयास्थित आइसोलेसनमा राख्न थालिएको जिल्ला प्रसाशन कार्यालय बाराले जनाएको छ ।

प्रकाशित: ५ श्रावण २०७७ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App