१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बलात्कार आरोमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ

बलात्कारको आरोप लागेका सशस्त्र प्रहरी बल, हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामपाटन पोखरामा कार्यरत सशस्त्र प्रहरी बलका बरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) राजेन्द्र अधिकारी पक्राउ परेका छन्। सशस्त्र  प्रहरीले एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएर बुधबार अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइएको छ।  

चितवन भरतपुरकी २७ वर्षीया एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीको ‘कन्ट्रोल रुम’मा टेलिफोन गरेर जानकारी गराएकी थिइन्। उनले रुँदै गरेको टेलिफोनलाई मौखिक उजुरीका रूपमा लिएर प्रहरीले बुधबार एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएको बताएको छ। उनीमाथि बिहीबारबाट अनुसन्धान सुरु हुनेछ।

बलात्कार आरोपी एसएसपी अधिकारीको निलम्बन प्रक्रिया पनि सुरु भएको जानकारी दिंदै सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रविनकुमार श्रेष्ठले भने, ‘अब तत्काल उहाँको निलम्बन प्रक्रिया सुरु हुन्छ।’ जिल्ला प्रहरी कार्यालय कास्कीले पत्र पठाएपछि निलम्बन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । ‘जिल्ला प्रहरी कार्यालयबाट पत्र आएपछि यताबाट निलम्बनको प्रक्रिया थाल्छौं,’ उनले भने, ‘हामीले पनि आफ्नै ढंगबाट अनुसन्धान गरिसकेका छौं।’

एसएसपी अधिकारीले आफूलाई भेट्न बोलाएर लठ्याउने औषधी खुवाई बलात्कार गरेको ती महिलाले आरोप लगाएकी छन्। 

एसएसपी अधिकारीले आफूलाई भेट्न बोलाएर लठ्याउने औषधी खुवाई बलात्कार गरेको ती महिलाले आरोप लगाएकी छन्। पोखरास्थित मामा घरमा आएका बेला आफूलाई बोलाएको र त्यहीँबाट प्रलोभनमा पारेको महिलाले प्रहरीलाई फोनमार्फत जानकारी गराएकी थिइन्। फोन आएपछि प्रहरी सबैभन्दा पहिले पीडित महिला भएको ठाउँमा पुगेको थियो। बुधबार दिउँसो ती महिला आफूमाथि बलात्कार भएको जानकारी गराउन सशस्त्र प्रहरी कार्यालय कास्कीमा पनि पुगेको स्रोतले बताएको छ।  

बलात्कारको आरोप लागेका एसएसपी अधिकारीलाई प्र्र्रहरीले घट्नास्थल सशस्त्र प्रहरी बल, हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामपाटनबाट नियन्त्रणमा लिएको छ। पीडितले दिएको उजुरीका आधारमा कार्यालयभन्दा करीब ३०÷४० मिटर पर झाडीमा लुकेर बसिरहेको अवस्थामा आरोपित अधिकारीलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी किरण राणाले जानकारी दिइन्।

पक्राउ परेका अधिकारीलाई नियन्त्रणमा लिएर सामान्य सोधपुछ गरिएपनि अनुसन्धान गर्न बाँकी रहेको उनले बताइन्। कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठसहितको टोलीले घट्नास्थलको निरीक्षण गरेको छ। सुरुमा डिएसपी सुवास हमालको टोली गएर पक्राउ गरेलगत्तै एसपी नेतृत्वको टोली घट्नास्थलको निरीक्षण गरेको बताइएको छ।  

पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको र उनको ‘भेजिनल स्वाब’ टेस्ट रिपोर्ट आएपछि अनुसन्धान सुरु गरिने एसपी श्रेष्ठले जानकारी दिए। ‘महिलाको वयान अनुसार एसएसपीले नै यहाँसम्म आउने बनाएको र अरु प्रलोभन देखाएको बुझिएकोछ, यसबारेमा अनुसन्धान भइरहेको छ,’ उनले भने। बलात्कार आरोपी एसएसपी अधिकारी मंगलबारमात्र पोखराबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालयको कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएको हुन्। 

प्रकाशित: १ श्रावण २०७७ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App