८ वैशाख २०८१ शनिबार
समाज

९६ हजार तीन सय घुससहित उद्योग अधिकृत पक्राउ

घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका उद्योग अधिकृत हुकुमबहादुर ओली ९६ हजार ३ सय रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले मंगलबार बिहान उद्योग अधिकृत ओलीलाई घुससहित पक्राउ गरेको हो ।  

सेवाग्राहीसँग घुस रकम मागेको उजुरीका आधारमा आयोगको बुटवल कार्यालयबाट आएको टोलीले नगदसहित पक्राउ गरेको आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिए । ‘आयोगको बुटवल कार्यालयबाट आएको टोलीले उद्योग अधिकृतलाई पक्राउ गरेको छ, विस्तृत विवरण बुटवल कार्यालयले नै सार्वजनिक गर्ला,’ गैरेले भने । उद्योग अधिकृत ओलीले कार्यालयमा काम गराउन आउने सेवाग्राहीलाई घुस माग्ने गरेको उनले बताएका छन् ।

प्रकाशित: ३० असार २०७७ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App