६ वैशाख २०८१ बिहीबार
समाज

तनहुँमा क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

भारतबाट आएर क्वारेन्टिनमा बसेको एक वृद्धको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका भानु–५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए।

‘पाँच दिन अघि भारतबाट आएर भानुको शारदा कलेजमा निर्माण गरिएको  क्वारेन्टिनमा बसेका श्रेष्ठ बिरामी भएपछि उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो,’ अधिकारीले भने। मृतकको शव गण्डकी अस्पतालमा राखिएको र स्वाब संकलन गरी कोभिड–१९ परीक्षण गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।

मृतक श्रेष्ठ दिर्घरोगी रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए। ‘मृतक श्रेष्ठ सुगर, प्रेसरको बिरामी  समेत भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भट्टराईको भनाई छ। ‘विहान साढे ४ बजे क्वारेन्टिनबाट सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले श्रेष्ठलाई श्वासफेर्न गाह्रो भएको भनेर फोन गरेपछि विहान उपचारको लागि गण्डकी अस्पताल पठाएका थियौँ,’ उनले भने।

प्रकाशित: २७ असार २०७७ ०९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App