७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

विप्लवका कार्यकर्ता पक्राउ

नेत्र विक्रम चन्द नेतृत्वको कार्यकता पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–६ का ३२ वर्षीय करन ऐरी (कर्णाली) पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाउँमा डराइ धम्काई चन्दा असुली गर्ने त्रास फैलाएको सूचनाको आधारमा शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए । 

गोकुलेश्वर प्रहरीचौकीको टोलीले डिलासैनी गाउँपालिका–६ कटौजबाट पक्राउ गरेको हो । उनीसँगै रहेका नेकपा माओवादीका दार्चुला ईन्चार्ज रामसिंह कुवँर फरार रहेका छन् । उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका ऐरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटन बैतडीमा राखिएको बताइएको छ ।

प्रकाशित: २७ असार २०७७ ०९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App