५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बर्दिया निकुञ्जका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रदर्शन

ठाकुरबाबा नगरपालिका–९ मा जग्गा अतिक्रमण गरेर बसेका स्थानीयले निकुञ्ज प्रशासन विरुद्ध प्रदर्शन गरेका छन्। निकुञ्जको जग्गा अतिक्रमण गरेर बसेकालाई हटाउन खोजेपछि स्थानीयहरू प्रदर्शनमा उत्रिएका हुन्।  निकुञ्जका कर्मचारीलाई नियन्त्रण लिएर आन्दोलनमा उत्रिएका स्थानीयले दिनभर प्रदर्शन गर्दा ठाकुरद्धारा बजार दिनभर असान्त बन्यो।  

२०७६ जेठ १८ गते ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ६ महिनापछि अतिक्रमित जग्गा खाली गराउने निर्णय भएको थियो। त्यसैको आधारमा निकुञ्ज प्रशासनले जग्गा अतिक्रमण गरेकालाई उठाउन थालेपछि प्रदर्शन भएको हो। जग्गा अतिक्रमण गरेकालाई राजनीतिक दलका नेताले संरक्षण गर्दा  प्रदर्शन थप चर्कीएको निकुञ्ज प्रशासनको गुनासो छ।

जिल्लाका अन्य ठाउँका जग्गा अतिक्रमण गरेर बसेकाहरू समेत संगठित भएर शक्ति प्रर्दशनमा उत्रेका थिए। स्थानीयले कार्यालय आक्रमण गर्न सक्नेभन्दै निकुञ्ज प्रशासनले नेपाली सेना परिचालन गरेको थियो। गत वर्ष उठाउँन खोज्दा जग्गा अतिक्रमण गरेर बसेकाहरूले यस्तै आन्दोलनमा उत्रिएका थिए।  

त्यसपछि निकुञ्ज प्रशासनले काम बन्द गरेको थियो। तत्कालिन वार्डेन रामचन्द्र पौडेलको पालामा अतिक्रमण हटाउँने निर्णय भए पनि कार्यान्वयन हुन नसकेको स्थानीय बताउँछन्। ठाकुरबाबा नगरपालिका–९ धार्मीक वनमा ठाकुरद्धारा बजार रहेको छ भने गेरुवा गाउँपालिका–१ मा खोल्टी बजार अतिक्रमणको चपेटामा परेको जग्गा निकुञ्ज क्षेत्राअधिकार भित्रपर्छ। खोल्टी बजारको विषयमा अदालतमा मुद्दा चलिरहेकाले निकुञ्ज प्रशासनले प्रक्रिया सुरु गरेको छैन। ठाकुद्धारा  बजारको जग्गा अतिक्रमण खाली गर्न पटक पटक सहमति भएपनि स्थानीयवासीको अवरोधका कारण सम्भव भएको छैन।  

केहि दिनदेखि जग्गा अतिक्रमण गरेकाहरूसँग एक्लाएक्लै छलफल गर्दै आएको थियो। कार्यालयमा लिएर छलफद गर्न थालेपछि स्थानीयले बिहीबार गाडी र कर्मचारीलाई नियन्त्रणमा लिएर प्रदर्शन गरेको निकुञ्जका प्रमुख अणनाथ बरालले बताए। आन्दोलनकारीले कर्मचारीलाई हातपातसमेत गरेको उनको भनाइ छ। यहाँ ५४ परिवारले निकुञ्जको जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका छन्। 

प्रकाशित: २६ असार २०७७ ०४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App