१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संक्रमित व्यवस्थापनमा काठमाडौंका अस्पताललाई हम्मे

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै कोरोना उपचारका लागि तोकिएका काठमाडौंका अस्पताललाई हम्मेहम्मे पर्न थालेको छ। दैनिक दर्जनभन्दा बढी संक्रमित थपिन थालेपछि संक्रमित व्यवस्थापनमा अस्पतालहरूलाई मुस्किल पर्न थालेको हो।  

कोभिड प्रयोजनका लागि छुट्ट्याएका अस्पतालले आइसोलेसन भरिन थालेपछि लक्षणविहीन संक्रमितलाई आइसियु कक्षमा राखेर उपचार गर्न थालेको छ। यसले गम्भीर संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा अस्पतालहरू अलमलमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लेभल वान कोभिड अस्पताल तोकेको आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टर कीर्तिपुर र काठमाडौं मेडिकल कलेज दुवाकोटमा सामान्य संक्रमितलाई राखेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका आइसियुमा गम्भीर प्रकृतिका संक्रमित भर्ना गर्नसक्ने विकल्प भए पनि खासै चासो देखाइएको छैन। आइसियु आवश्यक पर्ने संक्रमित आए सामान्य संक्रमितले नै आइसियु अकुपाई गरिसकेकाले व्यवस्थापन गर्न सक्ने अवस्थामा आफूहरू नरहेको सरुवा रोग अस्पतालका चिकित्सक बताउँछन्। कोरोना संक्रमित भर्ना गर्न आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा २४ शड्ढयाको आइसोलेसन र काठमाडौं मेडिकल कलेज दुवाकोटमा २४ शड्ढया आइसोलेसनका लागि व्यवस्थापन गरिएको भए पनि स्वास्थ्य मन्त्रालयले संक्रमितलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा मात्र राख्न दबाब दिइरहेको छ।  

अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३० वटा शड्ढया आइसोलेसन, २० शड्ढया आइसियु र ९ वटा भेन्टिलेटर व्यवस्थापन गरिएको छ। आइसियु र भेन्टिलेटरका लागि १० जना तालिमप्राप्त स्वास्थ्यकर्मी र दुईवटा एक्सरे मेसिन रहेको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए। शुक्रराजले २० शड्ढयाको आइसोलेसन भए पनि ४२ जना संक्रमित भर्ना हुन आएपछि पाँच शड्ढया थपेको छ। त्यसले पनि नपुगेपछि सात संक्रमितलाई आइसियुमा राखेको छ। स्वास्थ्य मन्त्रालयले तत्काल नयाँ व्यवस्थापन नगरे स्थिति भयावह हुने देखिन्छ।

सरकारको लेभल टु कोभिड अस्पतालका रूपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमित भर्ना गर्ने उद्देश्यले ८१ शड्ढया छुट्याएको छ। त्यसमध्ये पनि संक्रमितको उपचारका लागि ४५ शड्ढया र शंकास्पदका लागि १५ शड्ढया आइसोलेसन छुट्याएको छ।  

पाटनमा २१ शड्ढया, आइसियु १५ र भेन्टिलेटर रहेको छ। आइसोलेसनका लागि ४५ शड्ढया रहे पनि सोमबार ४९ जना संक्रमित अस्पतालमा राखिएको डाक्टर आशिष श्रेष्ठले जनाए। १५ शड्ढया शंकास्पद व्यक्ति राख्न छुट्याएको भए पनि दोब्बर संक्रमित उक्त शड्ढयामा राखिएको छ। पाटन अस्पतालले जोखिम मोलेर संक्रमित भर्ना गरेको छ। आइसियुमा राख्नैनपर्ने संक्रमितलाई आइसोलेसनमा दुईजनाका दरले राख्दा पनि नअटेपछि चारजनालाई आइसियुमा भर्ना गरिएको छ। केहीलाई शड्ढया अभावमा इमर्जेन्सीमा समेत राखेर व्यववस्थापन गरिएको अस्पताल स्रोतको भनाइ छ। सोमबार मात्रै पाटन अस्पताल ल्याबबाट ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ। संक्रमितको संख्या ह्वात्तै बढेकाले अस्पताल थप संक्रमित भर्ना गर्ने अवस्थामा छैन। पाटनमा आइसियु र भेन्टिलेटरमा काम गर्न ४० जना तालिम प्राप्त स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ। पाटनमा एउटा एम्बुलेन्स, चारवटा एक्सरे मेसिन, दुईवटा सिटी स्क्यान र एउटा एमआरआई सञ्चालनमा छन्।  

सरकारले सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई पनि लेभल टु कोभिड अस्पतालका रूपमा तोकेको छ। अस्पतालले एक सय २० शड्ढया संक्रमितको भर्ना गर्न छुट्ट्याएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सशस्त्र प्रहरी अस्पतालमा ६३ जना संक्रमित २० जना शंकास्पद व्यक्ति आइसोलेसनमा भर्ना भएका छन्। उक्त अस्पतालका पनि थप बिरामी आए आइसियु र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएको छ।  

अस्पतालमा २० शड्ढया आइसियु र १० वटा भेन्टिलेटर रहे पनि त्यसको सञ्चालन र व्यवस्थापनका लागि जम्मा आठजना मात्र तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ। अस्पतालले आइसियुमा भर्ना हुने संक्रमित आए पनि जनशक्तिको समस्या पर्ने स्वास्थ्य मन्त्रालयसमक्ष गुनासो राखे पनि सरकारले खासै चासो नराखेको अस्पताल स्रोतको गुनासो छ। सशस्त्र प्रहरी अस्पतालले तीन एम्बुलेन्स संक्रमित ओसारपसार प्रयोजनका लागि प्रयोग गरिरहेको मन्त्रालयले जनाएको छ। विदेशबाट ल्याइएका अधिकांशमा संक्रमण देखिएकाले सरकारले थप तयारी गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको सुझाव छ। संक्रमणको दर यही स्थितिमा बढ्ने हो भने कोभिड प्रयोजनका लागि तोकिएका अस्पतालले नधान्ने उनीहरूको भनाइ छ।  

सरकारले लेभल थ्री कोभिड अस्पतालका रूपमा छुट्ट्याएको त्रिवि शिक्षण अस्पतालले भने संक्रमित भर्ना गरेको छैन। शिक्षण अस्पतालले १० शड्ढया आइसोलेसन कोरोना संक्रमित भर्नाका लागि छुट्ट्याएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने सरकारले अवस्था हेरेर थप व्यवस्थापन गर्ने बताउँछन्। उनले संक्रमित थपिएसँगै उचित व्यवस्थापन कसरी गर्ने भनेर मन्त्रालय गम्भीर रूपमा लागेको तर्क गरे।  

प्रकाशित: २३ असार २०७७ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App