८ वैशाख २०८१ शनिबार
समाज

हत्या आरोपमा भारतीय नागरिक पक्राउ

कञ्चन पंजियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक दिपु सिंहलाई सोमबार जिल्ला पैहरी कार्यालय धनुषामा सार्वजनिक गरिँदै। तस्बिर: नागरिक

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको मलिहावाद जिल्ला काकोरी ग्राम पञ्चायतका ३२ वर्षीय दिपु सिंह रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।  

पक्राउ परेका सिंह सोही स्थानमा रहेको मिश्र र चौधरी इन्डस्ट्रिजमा कार्यरत थिए। गत असार १७ गते पाडापाडी चराउन आँप बगैंचामा गएको बेला स्थानीय विनोद पंजियारकी छोरी कञ्चनलाई उनले आँप दिने बहानामा ललाईफकाई बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।  

इन्डस्ट्रिजपछाडि बगैंचामा बालिका कञ्चनको बलात्कार गरी मुख थुनेर हत्या गरेको सिंहले स्वीकार गरेको उनको भनाइ छ। गत असार १७ गते दिउँसो १ बजे कञ्चन घरबाट पाडापाडी चराउन निस्केकी थिइन्। तर, साँझसम्म घर नर्फिएपछि परिवार तथा आफन्तले उनको खोजतलास सुरु गरेको थियो। नभेटेपछि १८ गते बिहान उनका बुबा विनोद पंजियारले प्रहरीलाई खबर गरेका थिए। असार १९ गते दिउँसो साढे ११ बजे खेतमा काम गरिरहेकी स्थानीय महिलाले दुधमती नदीको किनार सिकटको झाडीमा कंचनको शव मृत अवस्थामा देखेकी थिइन्। स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगी अनुसन्धान अघि बढाएको थियो। अर्धनग्न अवस्थामा भेटिएको उनको शव दुर्गन्धित भई शरीरको सम्पूर्ण भाग कालो भइसकेको अवस्था रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए। 

प्रकाशित: २३ असार २०७७ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App