२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

क्वारेन्टिनमा नै छैन झुल र बत्ति

शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवामा रहेको क्वारेन्टिनलाई व्यवस्थित बनाउन माग गरिएको छ। त्यहाँ विगत तीन दिनदेखि बिजुली बत्ति छैन। झुल नहुँदा सुत्न निकै समस्या भएको क्वारेन्टिनमा रहेका रमेश अधिकारीले जानकारी दिए।  

 विदेशबाट आएका पाँच सहित उपत्यका बाहिरबाट आएका पाँच जना गरी जम्मा १० जना सो क्वारेन्टिनमा रहदै आएका छन्।उनीहरुले अहिलेसम्म स्वास्थ्यकर्मी जाँच गर्नसमेत नआएको र पिसिआर परीक्षण  गर्न माग गरे।

 उनीहरुले विदेशबाट आएको दुई साता हुनलाग्दासमेत स्वास्थ्य परीक्षण नभएको र विनापरीक्षण घर पठाउन लागेको गुनासो गरेका छन्। बत्ति नहुँदा सम्पर्कविहीन हुनुपरेको समस्या त छँदैछ तर विनापरीक्षण घर पठाउन लागेकामा उनीहरु थप चिन्तित छन्। उनीहरुले आफ्नै खर्चमा परीक्षण गराउने व्यवस्था मिलाइदिन नगरपालिकासंँग आग्रह समेत गरेका छन्। 

प्रकाशित: १९ असार २०७७ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App