१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मीको पुरस्कार राशी राष्ट्रिय आविस्कार केन्द्रलाई

खोटाङका पत्रकार दमन राईले पुरस्कार वापत पाएको रकम महाबीर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रलाई प्रदान गरेका छन् । ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ समापनको अवसरमा बाक्सिला फुटबल क्लवले प्रदान गरेको पाँच हजार ११ रुपैयाँ राशीको खेलकुद पत्रकारिता पुरस्कार वापतको रकम राष्ट्रिय आविस्कार केन्द्रलाई प्रदान गरेका हुन् । नागरिक दैनिकमा आवद्ध पत्रकार राईले खेलकुद पत्रकारिता पुरस्कार वापतको ५ हजार रकम बिहिबार राष्ट्रिय आविस्कार केन्द्रको नाममा ग्लोवल आइएमई बैंकको नयाँ बानेश्वर शाखामा खोलिएको खातामा जम्मा गरिदिएका हुन् ।  

बाक्सिला फुटबल क्लवले ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ समापनको अवशरमा पत्रकार राईलाई गत फागुन २५ गते खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । तर, व्यक्तीगत समस्याका कारण पुरस्कार ग्रहण कार्यक्रममा पुग्न नसकेपछि बाक्सिला फुटबल क्लवले असार १६ गते पुरस्कार राशी पत्रकार राईको खातामा जम्मा गरिदिएको थियो ।  

हरेक गोल्डकप सञ्चालनको अवशरमा बाक्सिला फुटबल क्लवले प्रदान गर्ने पुरस्कार राईलाई दोश्रोपल्ट प्रदान गरेको हो । यसअघि २०६७ साल वैशाख ७ गते पनि बाक्सिला फुटबल क्लवले पत्रकार राईलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको थियो ।

प्रकाशित: १८ असार २०७७ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App