९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनामा घाईते जवानको उपचारको क्रममा मृत्यु

बाह्रकिलो–गोरखा सडक खण्ड अन्तर्गत पन्ध्र किलोमा बुधवार टिपर र नेपाली सेनाको गाडी ठोक्किएर भएको दुर्घटनामा घाईते मध्ये एक जनाको ज्यान गएको छ। शरीरमा गम्भिर चोट लागेका नेपाली सेनाका जवान प्रेम परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहिबार मृत्यू भएको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए। उनी गोरखा पालुङटारका हुन्। अर्का गम्भिर घाईते रञ्जित रानाको उपचार भईरहेको छ।  

बा १ झ ५८०० नम्बरको सेनाको निसान जिपलाई बिपरित दिशाबाट आउँदै गरेको लु १ त ३८४६ नम्बरको टिपले ठक्कर दिएको थियो। टिपर चालक र टिपर प्रहरी नियन्त्रणमा छन्।  

 

 

 

 

प्रकाशित: १८ असार २०७७ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App