खोटाङका फरक स्थानमा बालक र बालिका झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका १२ वर्षीय बालक प्रदिप राई र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारकी १६ वर्षीया बालिका यसोधा राई मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
प्रदीप आफ्नै कोठामा र यसोधा घाँस काट्न गएकोबेला रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक दुबै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।
प्रकाशित: १६ असार २०७७ १३:५८ मंगलबार