१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कुलोले बगाउँदा ताप्लेजुङको सिनामका ७ वर्षे बालकको ज्यान गयो

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनामका ७ वर्षे बालक रविन दर्जीको नेबु खोला नजिकैको कुलोमा बगेर ज्यान गएको छ । सिनाम जौबारी बस्ने सबिना दर्जीका छोरा रबिनलाई नेबु खोला नजिकैको कुलोमा बगेर मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।  

करिव ११ बजेतिर घरबाट निस्किएका रबिनलाई कुलोको पानीले होम पाईप भित्री भागसम्म लगेको थियो । मृत अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि ताप्लेजुङ अस्पताल ल्याइएको प्रहरीले बताएको छ ।  

 

प्रकाशित: १५ असार २०७७ १५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App