२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

धान दिवसमा रोपाइँ प्रतियोगिता

१७औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा धान रोपाइँ प्रतियोगिता सम्पन्न गरिएको छ ।  कृषि ज्ञान केन्द्रले कपिलवस्तु नगरपालिका–१०  बिुकलीमा  आयोजित प्रतियोगितामा  ५०  जना महिला सहभागी थिए ।  

प्रतियोगितामा सबैभन्दा छिटो र लाइन मिलाएर धान रोपेकी  संगीता पासवान प्रथम, लक्ष्मी चौधरी द्वितीय, मीना अधिकारी तृतीय र अमृता आचार्यले सान्त्वना पुरस्कार जितेका छन् । वडा सदस्य केयश माहोम्मद र ज्ञान केन्द्रका प्रमुख रामचन्द्र आर्यालले उनीहरूलाई क्रमशः १ हजार, ७ सात, ५ सय र ३ यय नगद पुरस्कार प्रदान गरिएको छ  ।

१७औं राष्ट्रिय धान दिवसका अवसरमा कपिलवस्तु नगरपालिका–१० बिकुलीमा आयोजित रोपाइँ प्रतियोगितामा सहभागी रोपार तस्बिर : नागरिक  ।

‘धान उत्पादनमा वृद्धि : आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ  धान दिवस मनाइएको हो ।  महोत्सवमा महिलाले अवधि भाषामा असारे गीत  गाएका थिए ।  

वडा सदस्य कैस माहोम्मदले भने,  ‘धानखेतीको स्तर माथि उठाउन  प्रविधिको प्रयोग बढाउँदै लागतमा कमी ल्याउनुपर्छ ।’  

कृषक लक्ष्मी चौधरीले  सिँचाइ सुविधा नहुँदा सधैं अकासे पानीको भर पर्नुपरेको बताइन् । ‘खेतीमा आधुनिकीकरण भएको छैन । सधैं मलबीउको  समस्या हुन्छ,’ उनले भनिन् ।  

कृषि ज्ञान केन्द्रका बागवान विकास अधिकृत बालगोविन्द त्रिपाठीले आधुनिक प्रविधि, उन्नत बीउ, मल र सिँचाइ सुविधाबिना उत्पादन बढाउन गाह्रो हुने बताए । उनले भने, ‘व्यावसायिक खेती गर्न कृषकलाई प्रोत्साहित गर्नुपर्छ ।’  

यस्तै, यशोधरा गाउँपालिकाले पनि रोपाइँ महोत्सव सम्पन्न गरेको छ । पालिकालमा रहेको खेतमा रोपाइँ गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बताए ।    जिल्लामा ७१ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ । करिब सवा २ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । । जिल्लामा राधा चार, साबित्री, सावा, मन्सुली, कालानमक लगायतका प्रजातिका धान लगाइन्छ ।  

प्रकाशित: १५ असार २०७७ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App